Section 87
लिक्विडेटरले दाबी स्वीकार वा अस्वीकार गर्न सक्ने
(१) दफा ८६ बमोजिम दाबी परेको नब्बे दिनभित्र सो उपर आवश्यक जाँचबुझ गरी लिक्विडेटरले प्राप्त प्रमाणको आधारमा सो दाबी पूर्ण वा आंशिक रुपमा स्वीकार वा अस्वीकार गरेको जानकारी दाबीकर्तालाई दिनु पर्नेछ र सोको सार्वजनिक सूचना समेत प्रकाशन गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम आफ्नो दाबी आंशिक स्वीकृत वा अस्वीकृत भएका दाबीकर्ताले सोको जानकारी पाएको पन्ध्र दिनभित्र आफ्नो थप प्रमाण भए सो समेत समावेश गरी दाबी पेश गर्नु पर्नेछ । (३) उपदफा (२) बमोजिम पेश भएको दाबीमा कुनै संशोधन गर्नु पर्ने देखिएमा लिक्विडेटरले आंशिक वा पूर्ण रूपमा संशोधन गर्न सक्नेछ । (४) उपदफा (१) वा (३) बमोजिम लिक्वीडेटरले गरेको निर्णयमा चित्त नबुझेमा त्यस्तो निर्णयको जानकारी पाएको मितिले एक्काईस दिनभित्र दाबीकर्ताले अदालतमा पुनरावेदन दिन सक्नेछ ।